२५ वर्षीयाले जन्म दिइन् तीन शिशु
झापा मेचीनगर-९ कि एक महिलाले आइतबार तीन शिशुलाई जन्म दिएकी छिन्।
धुलाबारी बजार फारमटोलकी २५ वर्षीया निर्मला विष्ट रिजालले दुई छोरा र एक छोरीलाई सकुशल जन्म दिएकी हुन्।
दुई छोरामध्ये एकको तौल १.९ किलो र अर्कोको १.६ किलो छ। छोरीको तौल २ किलो छ।
धुलाबारी माविकी शिक्षिका तथा निर्मलाकी देवरानी एलिसा रिजालका अनुसार तीनैजना बच्चाको स्वास्थ्य अवस्था राम्रो छ।
निर्मलाले बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा तीन शिशुलाई जन्म दिएकी हुन्।
स्त्रीरोग विषेशज्ञ एकराज गौतम र चिकित्सक पंकज बरालको सहयोगमा निर्मलाले आइतबार साँझ शल्यक्रियामार्फत तीन शिशुलाई जन्म दिएकी हुन्।