चुरोट, रक्सीको सेवनले पनि बढाउँछ, कोरोना संक्रमणको जोखिम

डा‌.सगुनबल्लभ पन्त

लागुपदार्थ प्रयोग विशेषतः सुर्तीजन्य पदार्थ, मदिराजन्य, कडाखाले लागुपदार्थले नेपालमा विकराल रुपमा देखा परेको छ।

यसको प्रभावले विभिन्न किसिमका मानसिक समस्याहरु हुने एकातिर छ भने, यसको प्रभावले गर्दा कोरोनाको जोखिम बढाउने गरेको छ।

नेपालमा लगभग प्रत्येक ३ देखि ४ जनामध्ये १जनाले सुर्तीजन्य पदार्थ सेवन गर्ने अध्ययनले देखाएको छ।

त्यस्तै ४ जनामा १ जनाले मदिराजन्य पदार्थ विगत १२ महिला सेवन गर्ने गरेको तथ्यांकमा देखाएको छ।

यो सँगसँगै कडाखालको लागुपर्दाथ प्रयोग गर्ने मात्र १ लाख ३० हजारको हाराहारीमा छन्।

यो सन्दर्भमा लागुपदार्थको प्रयोग गर्न व्यक्ति चाहे त्यो सुर्र्तीजन्य र रक्सीजन्य पदार्थ वैधानिक पदार्थ वा अवैधानिक पदार्थ होस्। यसको प्रयोगले गर्दा व्यक्तिको मन, मष्तिक, र व्यवहारमा दीर्र्घकालीन असर पर्ने सम्भावना देखिन्छ।

सुरूमा रमझमको लागि गरिएको लागुपदार्थ प्रयोग दीर्घकालीन रूपमा र कहिलेकाही छोटो समयमा पनि अम्मलको रूपमा विकास हुन थाल्छ।

विश्वमा विभिन्न देशमा भएको अध्ययन अनुसार कोरोनाको माहामारीको सँगसँगै लागुपदार्थको जोखिम विश्वका विकसित तथा अल्पविकसित देशहरूमा पनि देखिन थालेको छ।
बेलायत, रुस, इटलीजस्ता देशमा लकडाउनको बेलामा लागुपदार्थको प्रयोग पहिलाको भन्दा बढ्दै गएको पाइएको छ।

एकातिर मानिसहरू माहामारीको प्रकोप प्रभावले अस्तव्यस्त छन्। त्यसमाथि लागुपदार्थको प्रयोगले गर्दा झन् विकराल समस्या ल्याइरहेको छ।

लागुपर्दाथ सेवन गर्दा यसले विभिन्न प्रकारका मानसिक समस्या ल्याउनसक्छ।

विशेषतः रक्सीजन्य पर्दाथ जुन नेपालको सबैभन्दा मुख्य लागुपदार्थको समस्या हो।

यसलाई हेर्दा रक्सीको दीर्घकालीन प्रयोगले गर्दा व्यक्तिलाई विभिन्न शारिरीक समस्या हुन सक्छ।

नसर्ने रोगको मुख्य तत्वको रूपमा रक्सीजन्य पदार्थ र सुर्तीजन्य पदार्थको प्रयोगलाई लिइन्छ।

रक्सीको प्रयोगले गर्दा विभिन्न अगंहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष, छोटो वा दीर्घकालीन समयको लागि असरहरू पर्ने गरिएको पाइएको छ।

कोरोनाको जोखिमसँग तुलना गरेर हेर्दा इटाली र यूकेमा भएको अध्ययनले के देखाएको छ भने, रक्सी सेवन गर्ने व्यक्तिले सामाजिक दुरीलाई राम्रोसँग पालना नगर्ने, मास्क नलगाउने, हात धुनेजस्ता कोरोनाबाट बच्ने अति महत्वपूर्ण उपायलाई हेलचेक्र्¥यार्ई गरेको पाइएको छ।

नेपालको सन्दर्भमा हेर्दा घरमा बनेको रक्सीजन्य पदार्थको प्रयोग गर्नुहुन्छ। यस्ता घरमा बनेको लागुपदार्थ भट्टीहरूमा बेचिँदा धुम्म परेको कोठामा, जहाँ आवश्यक भेन्टिलेसनको अभाव हुन्छ।

धेरै मानिस भीडभाड गरेर समाजिक दुरीलाई कायम नगरी प्रयोग गर्ने भएकोले यस्ता व्यक्तिलाई कोरोना सर्न जोखिम बढी रहन्छ।

कोरोना लाग्ने बित्तिकै जो व्यक्ति लागुपदार्थ दीर्घकालीन समयदेखि सेवन गरिराख्नु भएको छ। उहाँहरूको रोगसँग लड्ने क्षमता त्रमिक रूपमा कमजोर भइरहेको हुन्छ। त्यसकारण यस्ता व्यक्तिहरूलाई कोरोनाको संक्रमण हुनसक्ने जोखिम बढी रहन्छ।

सुर्तीजन्र्य पदार्थको प्रयोगले फोक्सो कमजोर गराउने हुन्छ। जसले गर्दा कडा खालको कोरोना लाग्नसक्ने सम्भावना हुन्छ।

त्यस्तै रक्सीको प्रयोगले कलेजो, अन्य पाचन प्रणाली र फोक्सोमा पनि असर हुने कारणले गर्दा यस्ता व्यक्तिलाई कोरोनाको जोखिम बढी रहन्छ।

त्रिवि शिक्षण अस्पतालमा हेर्दा पनि कोरोनाको माहामारीसँगसँगै रक्सीजन्य सेवनले मानसिक बिरामीको संख्या बढी रहेको छ।

यो समयमा लागुपदार्थ छोड्नको लागि समय व्यतित गर्नुपर्यो।

यदि हामीले लागुपदार्थलाई प्रयोग गरेर आफुभित्र भएको डर त्रास हटाउनका लागि प्रयोग गर्दा क्षणिक रूपमा यसले फाइदा गरेजस्तो अनुभव होला। तर, दीर्घकालीन रूपमा यसले धेरै किसिमका समस्या ल्याउन सक्ने देखिन्छ।

यदि तपाई रक्सीजन्य पदार्थ प्रयोगकर्ता हुनुहुन्छ भने कोरोना महामारी बेला यो लतलाई छुटाउन लागि आफूले कोसिस गर्नुहोस्। धेरै सेवन गर्ने व्यक्तिले नजिकैको स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुहोस्।

नेपाल सरकारको मेडिकल अफिसरलाई रक्सीजन्य पदार्थ प्रयोग गर्ने व्यक्ति काउन्सिल गर्न तालिम दिँदै आएका छौंै। त्यस्ता स्वास्थ्यकर्मीलाई भेट्न सक्नुभयो भने पनि रक्सी छुटाउने आधारभूत उपायबाट जानकार भइन्छ।

तर, केही व्यक्तिहरूले ग्यारेन्टीका साथ उपचार गर्छु। थाहा नदिई लागुपदार्थ वा रक्सी छुटाउछौँ भनेर विज्ञापन गरेको पाइन्छ। त्यस्तो उपचार पद्धतिले कहिलेकाही दीर्घकालीन असर गर्नसक्छ।

यस्तो महामारीको बेलामा रक्सीजन्य पदार्थ र लागुपदार्थलाई छोड्न सक्यौँ भने यसले निश्चय नै कोरोनाको जोखिमबाट बचाउँछ नै। दीर्घकालीन विभिन्न किसिमका शारिरीक र मानसिक रोगबाट बचाउँछ। त्यसकारण सजक र सर्तक बनौँ।
(त्रिवि शिक्षण अस्पताल उप–प्राध्यापक तथा मनोचिकित्सक डा. पन्तले आइतबार स्वास्थ्य मन्त्रालयको प्रेस बिफिङमा राखेको धारणाका आधारमा तयार सामग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय