कोरोना जितेर २२ दिनपछि डिस्चार्ज भए डा. भोला रिजाल दम्पती, भने-‘आफ्ना प्रियजन जोगाउने दायित्व सम्झौं’

चर्चित प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल र उनी श्रीमती सरला २२ दिनको अस्पताल बसाई पनि आइतबार डिस्चार्ज भएका छन् ।

७० कटेका चिकित्सक दम्पतीले डिस्चार्जसँगै उपचारमा विशेष ध्यान दिने चिकित्सक तथा अस्पतालका सबैप्रति आभार प्रकट गरेका छन् ।

उनी २२ दिनअघि ह्याम्स अस्पताल भर्ना भएका थिए ।

डा. रिजालले ‘उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको एक्टा अडिनरी टिमको साहस र लगावका कारण’ स्वास्थ्य लाभ गरेको भन्दै धन्यवाद दिएका छन् ।

उनले प्रतिकूल र अनपेक्षित समयमा चिकित्सक तथा स्वास्थ्यकर्मीको भुमीकाको जति प्रशंसा गरेपनि कमी हुने बताए ।

‘उहाँहरुको सहयोग, दयालुपन र उच्च व्यवसायीकताप्रति हामी जीवनकालभरी धन्य हुनेछौ ।’ उनले फेसबुकमा लेखेका छन् ।

यसबीचमा स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुकलाई धन्यावादसमेत दिएका छन् ।

‘देश विदेशमा रहेका मेरा बिरामी, तीनका परिवार जसले हाम्रो शीघ्र स्वास्थ्यलाभको गर्नुभयो, उहाँहरुको शुभेच्छाप्रति म धन्य छु ’ डा. रिजालले भने ।

उनले जटिल समयमा जनस्वास्थ्यका प्रोटोकल पालनाका निम्तिसमेत पुर्नस्मरण गराएका छन् । ‘नियमित हात धुने, मास्कको प्रयोग गर्ने र सुरक्षित दूरी कायम गर्न फेरी पनि अनुरोध गर्छु,’ डा. रिजालले भने ।

उनले लक्षण देखिएकाहरुलाई सुरक्षित आइसोलेसनमा बस्न, रोग फैलिनबाट जोगाउँन र आफ्ना प्रियजलाई बचाउँनुलाई दायित्वसम्झनसमेत आग्रह गरेका छन् ।

उनले निरन्तर रुपमा विनाथकान महामारीसँग लडिरहेका विश्वभरका मेडिकल तथा अन्य प्रोफेसनलहरुको कामको सम्मान गर्नसमेत उनले आग्रह गरेका छन्।

डिस्चार्जहुनुअघि डा. रिजालले हेल्थपोस्ट नेपालसँग कुरागर्दै शुभेच्छुलाई धन्यवाद र आफ्नो उपचार अनुभूतिसमेत सेयर गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय