देशभर कोरोनाबाट १० जनाको मृत्यु, उपत्यकामा मात्रै ६

पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा संक्रमणबाट मृत्यु हुने संख्या ४ सय ११ पुगेको छ।

आइतबार ७ वटा जिल्लाका ६ महिला र ४ पुरुषको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा मात्रै ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंका ४०, ६०, ६३ वर्षीया महिला र ८२ वर्षीय पुरुषको मृत्यु रहेका छन्।

ललितपुरमा ७५, भक्तपुरमा ७२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, धनुषामा ७६ , चितवनमा ८०, रुपन्देहीमा ६७ वर्षीय पुरुष र पाल्पामा ४० वर्षीया महिलाको मृत्यु भएको छ।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय