काठमाडौं उपत्यकामा थप ७ सय ६७ जनामा कोरोना

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २ भक्तपुरमा १०१ र ललितपुरमा ४२ जना संक्रमित भेटिएका छन्।

आज थपिएका सँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेका छ।

पछिल्लो २४ घण्टामा १३ २५ जना कोरोना संक्रमित पुष्टि भएका छन्। यो सँगै नेपालमा संक्रमित संख्या ६४ हजार १ सय २२ पुगेको छ।

आइतबार देशभर १७ हजार ४ सय ७८ संक्रिय संक्रमित र होम आइसोलेसनमा ८ हजार ४ सय ०७ जना रहेका छन्।

गत २४ घन्टामा ९ हजार ६६ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ४६ हजार २ सय ३३ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७२ प्रतिशत रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय