‘प्रधानमन्त्रीको निर्देशनमा प्रदेश सरकारले दमन गरेको छ’ – डा. केसी

असोज ४ : शनिबार राति करिब पौने एघार बजे प्रहरीले डा. गोविन्द केसीलाई जबरजस्ती उठाएर अस्पताल पु-यायो ।

१९ औं सत्याग्रहको घोषणा गरेको सातौं दिन आज (आईतबार) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियु कक्षमा डा. केसीलाई राखिएको छ ।

आफ्ना मागहरु पुरा गर्न नचाहिइएकाले आफुलाई अपहरण शैलीमा उठाएर अस्पताल पु-याईएको बताउदै डा. केसीले भने, ‘सत्याग्रहका हाम्रा मागहरु पुरा गर्न खोजिएको छैन ।

त्यसैले मलाई अपहरण गरेर अस्पताल ल्याईएको हो ।’

उनले भने, ‘राति ६–७ जना प्रहरी आए । मैले जान्न भन्दा पनि जबरजस्ती अस्पताल पु-याए । यहाँ त सबैभन्दा ठुलो खेलो त प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले गर्दा रहेछन् ।

जनताको सेवा भन्दा पनि हत्यारा नेताहरुको आदेश मान्ने यिनीहरुको चलन छ ।’

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अपहरण गर्न लगाएको डा. केसीको आरोप छ ।

उनले भने, ‘यो सबै कानुन मन्त्री नरेश भण्डारीको आदेशमा गरिएको हो । उनिहरुलाई मेरो स्वास्थ्यको ख्याल लाग्छ भने हाम्रा मागहरु पुरा गरिदिए भयो नि ।

मलाई अपहरण गरेर यहाँ नागरिकको अधिकार त खोसिएको छ नि । तानशाह प्रवृत्ति भयो यो त ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रदेश सरकारले दमन गरेको उनको आरोप छ । उनले भने, ‘पहिले भएका सम्झौता बमोजिम माग पुरा नभएकाले नै १९ औँ सत्याग्रह शुरु भएको हो ।

जनता प्रति उनिहरु उत्तरदायी भएको भए सम्झौता वमोजिमका मागहरु पहिले नै पुरा हुन्थे । सत्याग्रह गरिरहनुपर्ने आवश्यकता थिएन ।’

प्रहरीले आफुलाई अपहरण शैलीमा अस्पताल पु-याएको आरोप लगाउँदै डा. केसीले स्वास्थ्य जाँच गर्न मानेका छैनन् ।

कुनै पनि स्वास्थ्य जाँच नलिदाँ रगतमा चिनीको मात्रा न्युन भई प्रमुख अंगहरुमा जटिल समस्या देखिनसक्ने उनको चेकजाँचमा खटिएका चिकित्सकको भनाइ छ ।

डाक्टरहरु प्रविणकुमार गिरी, धिरज गुरुङ, अनुपमंगल समाल र सविना थापाद्धारा हस्ताक्षरीत डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी पत्रमा रोग प्रतिरोधात्मक क्षमता कम हुदाँ संक्रमणको खतरा बढ्नसक्ने उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय