आइतबार थप १ हजार ३२५ जना कोरोना, संक्रमित संख्या ६४ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा देशभर १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ६४ हजार १ सय २२ पुगेको बताए।

आइतबार देशभर १७ हजार ४ सय ७८ संक्रिय संक्रमित र होम आइसोलेसनमा ८ हजार ४ सय ०७ जना रहेका छन्।

गत २४ घन्टामा ९ हजार ६६ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ४६ हजार २ सय ३३ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७२ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय