आइओएम पूर्व डिन डा. जगदिश अग्रवाललाई कोरोना

चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम)का पूर्व डिन एवं बरिष्ठ न्युरो फिजिसियान डा. जगदिशप्रसाद अग्रवाललाई कोरोना पुष्टि भएको छ ।

२ साताअघि नेपाल मेडिकल काउन्सिलले संचालन गरेको लाइसेन्सिङ परीक्षा सहभागीहरुका संक्रमणपछि कन्ट्याक ट्रेसिङ गर्दा डा. अग्रवाललाई कोरोना देखिएको हो ।

काउन्सिल स्रोतका अनुसार सो परीक्षामा सहभागी भएका केही अन्य चिकित्सकमा लक्षण देखिएर परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि सहभागी सबैको परीक्षण गरिएको थियो ।

सो परीक्षामा डा. अग्रवाल मोडरेटरको भूमीकामा खटिएका थिए । डा. अग्रवाल हाल त्रिवि शिक्षण अस्पतालको आइसोलेसनमा छन् ।

‘संक्रमण पुष्टि भएको ८/९ दिन भइसक्यो, अहिले अलिअलि खोकी बाँकी छ, अरु जटिलता छैन’ डा. अग्रवालले हेल्थपोस्टसँग भने ।

उनले घरपरिवारमा कसैलाई पनि संक्रमण नदेखिएको समेत जानकारी दिए । उनले एक÷दुई दिनभित्रैमा घर फर्किने समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय