प्रहरीले रातारात अस्पताल पुर्‍याएपछि डा. केसी आक्रोसित, उपचार नलिने अडान

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ असोज ४ गते ९:१६

बाविरामष्टको मन्दिरमा अनशनरत चिकित्सक डा. गोविन्द केसीलाई प्रहरीले अनसन स्थलबाट उठाएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याएको छ।

स्वास्थ्य क्षेत्रको सुधारका साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस र एमडी अध्यापनको माग राख्दै १९औं सत्याग्रह थालेका केसीको स्वास्थ्य कमजोर बन्दै गएपछि प्रहरीले गएराति पौने १० बजे अस्पताल लगेको हो।

प्रहरी निरीक्षक सुदर्शन भट्टराई नेतृत्यवको टोलिले उनलाई अस्पताल पर्‍याएको हो। तर, डा. केसीले आफ्नो इच्छा बिपरित प्रहरीले जवरजस्ती उठाएको आरोप लगाएका छन्।

उनले प्रहरीले आफूमाथि जवरजस्ती गरेकाले कुनै पनि उपचारसेवा नलिने बताएका छन्। ‘माग पुरा गर्न नचाहेको हो। ममाथि अपहरण गरेर ल्याउने। म कुनै पनि उपचार लिने छैन।’

‘दिउसोको समयमा केसीका समर्थक धेरै हुन्छन्। त्यसैले प्रहरीले केही गर्न सकेको थिएन। रातिको समयमा चारजना कुरेर बसेका थिए। त्यही मौका छोपेर प्रहरीले उठाएर लग्यो’,  स्थाानीय महेन्द्र कार्कीले भने।

अस्पताल प्रशासनका अनुसार डा. केसीलाई आइसियुमा राखिएको छ। तर, उनले कुनै उपचारसेवा लिन मानिरहेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय