परपीडक कुर्सी !

मान्छे त्यो बेलासम्म निरोगी हुन्छ जबसम्म रोग लाग्दैन। रोग लागेपछिको आर्थिक भौतिक र मानसिक तनावको अन्दाज आफैं नपरेकालाई पटक्कै हुँदैन होला। हिसाबकिताबले चल्ने मान्छेले त्यो पीडा बुझ्नै सक्दैन। रोगले पहिले नै कसैलाई लोकसेवाको जस्तो सूचना दिएर आउँदो हो त तयारी गर्न हुन्थ्यो नि। पढ्दा पढ्दै आधा उमेर सकिसक्दा पनि स्थिर जागिरमा बस्न असमर्थ हुनुपर्ने डाक्टरको एउटा सानो प्रसङ्ग जोड्न मात्र खोज्दै छु। प्रसङ्ग एउटा डाक्टरको तर समस्या भने सबैको।

सरकारी कर्मचारीतन्त्रको कत्ति हेक्का नभएकालाई मन्त्रालय रनभुल्ल हुने स्थान हो। सायद मन्त्रालयका भित्ताहरू सधैं रुन्छन् होला। सोझा मान्छेलाई घुमाउने र पिल्सिने कृयाकर्म देखेर। किनभने भित्ताले गतिला प्रशासकको फोटोको स्पर्स बिरलै पाउँछ होला । एउटा भर्खर कन्सल्टेन्ट तह उत्तीर्ण गरेपछि कागजपत्रहरू बोकेर निन्याउरो अनुहारमा एक डाक्टरको प्रवेश हुन्छ।

त्यसैले त त्यो कुर्सीलाई नाम दिएको छु, ‍’परपीडक कुर्सी’। प्रशासनिक कडकपनका केही मात्रा मानवता र बुझक्कीपनको मिठास मिसिएको भए कति जाती हुन्थ्यो होला। विवेक पनि जागोस् भन्ने सदिच्छा मात्र त गर्न सकिने होला। कोभिडले रनभुल्ल पारेको मन्त्रालयमा एउटा आवाजविहीन पीरमा परेको डाक्टरको कुरो सुन्ने को होला र! ढिलोचाँडो मीठो वा नमीठो समाधान  निस्किनु छ नै।

पास भएपछि मुहारमा उज्यालो देखिनुपर्ने। तर मलिन छ अनुहार। त्यो मलिनताका पछाडि कारण अस्पतालमा रोगसँग सङ्घर्ष गरिरहेकी उनकी आमा हो। न उनले सोचेका थिए न त उनको परिवारले नै त्यो बज्रपात।

रक्तकोषिकाहरूको एकाएक बहुलठ्ठीपनले अनावश्यक रक्तकोषिकाहरू उनको आमाको शरीरमा नचिरहेका छन्। बेलाबखतमा रगत कम भएर दु:ख दिन्छन्। हरेक दिन रातो रगत र सेतो रगत जुटाउनु नै महाभारत हुन्छ। रक्तकोषिकाहरू टुक्रिनु रगतको दैनिकी जस्तै हो भने रगत खोज्न हिँड्नु  उनको दैनिकी बनेको छ अहिले। केमोथेरापीको झिनो आसले रक्त क्यान्सरलाई परास्त गर्न सकिने विश्वास लिएका छन्।

त्यसैले उपचार हुनसम्म काठमाडौँमा नै कुनै अस्पतालमा पोस्टिङ गर्ने आग्रह गरेका हुन् न कि कुनै रहरले। आफ्ना मान्छेलाई गुमाउन कसले चाहन्छ र?  रक्त क्यान्सरको उपचार राजधानीबाहिर नहुनुमा उनको के दोष र! स्वास्थ्य सेवाको विस्तार भाषणमा मात्रै सीमित हुने हाम्रो देशको राजनीतिले प्रशंसनीय फड्को मार्ला भन्ने आसमात्रै हो। राज्य नै मेडिकल क्षेत्रबाट मुनाफाका लागि रयाल काड्नेको हितैषी भएको आरोपमा डा. गोविन्द केसी अनशन बस्न बाध्य हुनु लज्जास्पद नै हो।

सायद मन्त्रालयको प्रशासनिक कुर्सीमा आसिन दिग्गजलाई रोगको कुनै अनुभूति नै छैन। कागजका जोरजाम गरेर नै बित्ने रहेछ। रकमी कागजलाई शिरोपर गरी द्रूत कार्य गर्ने र बाँकी कागजलाई प्रकृयाको लामो लाइनमा अनुशासित गर्ने संस्कार बसेको माहोलमा उदारपन र शिष्टाचार अपेक्षा गर्नु उचित नहोला।

त्यसैले त कति कठोर स्वरमा उनको मनोबल गिराउने शब्द बोल्ने गर्छन्। त्यसमाथि बलिदान फिल्मको डायलगलाई आधुनिक बनाएर भावानात्मक अड्चन थप्ने ‘तपाईंलाई कुरेर कति आमाहरू बसिरहेका होलान्? उनीहरूको उपचार गर्नुपर्दैन।’

आमाको उपचारका लागि सहज हुने जायज कारण देखाउँदा पनि करारको केही अवधि काठमाडौँमा गर्छु भन्न नपाउने? आफू लायक नभए पनि अरूलाई आदर्शको सिद्धान्त छाँट्ने मान्यजनसँग प्रतिवाद गर्न उनले रुचाएनन्। अस्थिर मनले एकाग्रता गुमाएपछि उपचार उत्कृष्ट गर्न सकिन्न भन्ने कुरा कसरी बुझाउनु! एक मनले यो सोच्न पनि बाध्य भए ‘कस्तो जागिर हो त यो? आफ्नै मान्छेलाई खाँचो पर्दा पनि उपस्थित हुन नसक्ने?’

‘आमाको उपचार गर्न किन बस्नुपर्यो? त्यो त साथीभाइलाई भने भैहाल्यो।’ यो वचनले उनलाई सुइँले रोपेभन्दा तिखो बिझ्यो। वश चल्ने हो भने तू देश छोड्ने इच्छा जाग्छ। के सरकारी संयन्त्र सबै नातावाद कृपावादले मात्रै टिक्न र झेल्न सकिने हो त? भनिदिने मान्छे भए जसो भन्यो त्यस्तै हुने। नहुने हो भने पेलिनुपर्ने। त्यही स्थानमा पहुँचवालाको समस्या हुन्थ्यो भने काम नै छिटो छरितो र बोली पनि मसिनो हुन्थ्यो होला हगि!

त्यो कुर्सीमा मानवता नदेख्दा अचम्म मान्नुपर्ने अवस्था भने थिएन। सुन्दै आएको कुरा प्रत्यक्षदर्शी भएको मात्रै हो। पहिले मतलब हुन्थेन अहिले आफैंलाई पर्दा चित्त नबुझेको न हो। त्यो व्यवहार सामान्य परम्परा होला भनेर माने सोझो मनलाई अनावश्यक तनाव लिनैपर्दैन। कुर्सी दोषी हो कि व्यक्ति दोषी हो। त्यो कुर्सीमा बसेपछि व्यवहारको हावापानी नै परिवर्तन हुने रहेछ।

‘आमाको उपचार गर्न किन बस्नुपर्यो? त्यो त साथीभाइलाई भने भैहाल्यो।’ यो वचनले उनलाई सुइँले रोपेभन्दा तिखो बिझ्यो। वश चल्ने हो भने तू देश छोड्ने इच्छा जाग्छ। के सरकारी संयन्त्र सबै नातावाद कृपावादले मात्रै टिक्न र झेल्न सकिने हो त? भनिदिने मान्छे भए जसो भन्यो त्यस्तै हुने। नहुने हो भने पेलिनुपर्ने। त्यही स्थानमा पहुँचवालाको समस्या हुन्थ्यो भने काम नै छिटो छरितो र बोली पनि मसिनो हुन्थ्यो होला हगि!

त्यसैले त त्यो कुर्सीलाई नाम दिएको छु, ‍’परपीडक कुर्सी’। प्रशासनिक कडकपनका केही मात्रा मानवता र बुझक्कीपनको मिठास मिसिएको भए कति जाती हुन्थ्यो होला। विवेक पनि जागोस् भन्ने सदिच्छा मात्र त गर्न सकिने होला। कोभिडले रनभुल्ल पारेको मन्त्रालयमा एउटा आवाजविहीन पीरमा परेको डाक्टरको कुरो सुन्ने को होला र! ढिलोचाँडो मीठो वा नमीठो समाधान  निस्किनु छ नै।

जस्तो भए पनि उनलाई प्रकोप नै पर्ने त हैन। अप्ठेरो मात्र हुने हो।  कथा प्रसङ्ग एउटा डाक्टरको मात्रै भनेर आत्मालाप गरेको हैन। सबैको समस्या हो भन्दा गलत दाबी हुँदैन होला। यस्ता प्रसङ्ग हाम्रो दैनिकी हुनुबाट कहिले छुट्कारा पाइने हो र थितिले बेथितिलाई विस्थापन गर्ने हो भन्ने अहम् प्रश्न हो।

उदाहरण सानो झिनोमसिनो भए पनि संस्कार झल्किन्छ, सोच प्रष्टिन्छ, कार्यशैली उदाङ्गो हुन्छ। जस्तो शासक उस्तै प्रजा,  जस्तो प्रजा उस्तै शासक।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय