उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित, कुन अस्पतालमा कति?

पछिल्ला दिनमा कोरोनाबाट स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दै गएको छ। मुलुकभर कोभिड-१९ को संक्रमित बढिरहेको बेला उपत्यकामा फन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिन थालेको हो।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीमा संक्रमणको दर बढिरहेको बताउँछन्।

त्यसैगरी, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारी स्वास्थ्यकर्मीहरू फन्टलाइनरमा काम गरिएको कारण संक्रमण बढिरहेको बताए।

उनका अनुसार काठमाडौं उपत्यकामा मात्रै हालसम्म ६ सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छ।

कोभिड-१९ अस्पताल, कोभिड-१९ को परीक्षण गर्ने, होम आइसोलेसन, क्वारेन्टाइन, कन्ट्रयाक ट्रेसिङमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी बढी संक्रमण भएको बताए।

काठमाडौं उपत्यकामा सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ।

अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासका अनुसार शिक्षण अस्पताला १५० भन्दा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको बताए।

संक्रमितमध्ये २१ चिकित्सक, अधिकांश नर्स र वार्ड सहयोग रहेका छन्। उनका अनुसार संक्रमितमध्ये अधिकांश स्वास्थ्यकर्मी संक्रमणबाट मुक्त भइरहेका छन्। हाल २७ स्वास्थ्यकर्मी सक्रिय संक्रमित छन्।

त्यसैगरी, वीर अस्पतालमा ११५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ। अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनमा रहेका कर्मचारी रहेकाे बताएका छन्।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठ जनामा स‌क्रमण देखिएको छ। तीमध्ये दुई चिकित्सक र अन्य नर्स छन्। अस्पतालका निर्देशक डा‍. सागरराज भण्डारीले दुई चिकित्सक र एकजना नर्सको निको भइसकेको र अन्य पाँचजना होम आइसोलेसनमा रहेको जानकारी दिए।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभर १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका सँगै संक्रमित संख्या ६२ हजार ७ सय ९७ पुगेको मन्त्रालयले जनाएको छ।

शनिबार देशभर १७ हजार १ सय २९ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार ९ सय ७६ जना रहेका छन्।

गत २४ घन्टामा १ हजार ४ सय ४७ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ४५ हजार २ सय ६७ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७१ प्रतिशत रहेको छ।

हालसम्म कोरोना संक्रमणबाट ४ सय १ जनाले ज्यान गुमाएका छन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय