नेपालमा कोरोना संक्रमणबाट ४ सय १ जनाको मृत्यु

पछिल्लो विवरण अनुसार नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ८ जिल्लाका ७ महिला र ४ जना पुरुषको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा मात्रै ५ जनाको संक्रमबाट मृत्यु भएको छ।

शनिबार थपिएका सँगै नेपालमा संक्रमणबाट मृत्यु हुने संख्या ४ सय १ पुगेको छ। मृत्यु हुनेमा मोरङकी ६५ वर्षीय महिला, रौतहटकी ५१ वर्षीय महिला, सलार्हीकी ५६ वर्षीय महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, ललितपुरमा ७६, ६८ वर्षीय महिला र ६० वर्षीय पुरूषको निधन भएको छ। काठमाडौंमा ७७ वर्षीय महिला र ७५ वर्षीय पुरूष, मकनावपुरमा ३७ वर्षीय महिला, रुपेन्दहीमा ६९ वर्षीय पुरूष र बाँकेमा ४५ वर्षीय पुरूषको मृत्यु भएको हो।

मन्त्रालयको अनुसार हालसम्म संक्रमित हुनेहरूमध्ये ०.६४ प्रतिशतको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय