काठमाडौं उपत्यकामा थप ७ सय ११ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा ५७० ललितपुरका ५८ र भक्तपुरका ८३ जनालाई संक्रमण पुष्टि भएको हो।

हाल काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

शुक्रबार मात्रै उपत्यकामा ८ सय ५९ जना संक्रमण पुष्टि भएको थियो।

आज देशभर १ हजार २ सय ०४ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमित संख्या ६२ हजार ७ सय ९७ पुगेको छ।

शनिबार देशभर १७ हजार १ सय २९ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार ९ सय ७६ जना रहेका छन्।

गत २४ घन्टामा १ हजार ४ सय ४७ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ४५ हजार २ सय ६७ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७१ प्रतिशत रहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय