शनिबार थप १२०४ जनामा कोरोना, संक्रमण मुक्त १४४७

पछिल्लो २४ घन्टामा देशभर १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ६२ हजार ७ सय ९७ पुगेको बताए।

शनिबार देशभर १७ हजार १ सय २९ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार ९ सय ७६ जना रहेका छन्।

गत २४ घन्टामा १ हजार ४ सय ४७ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ४५ हजार २ सय ६७ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७१ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय