नेपाली कांग्रेसका महामन्त्री डा. कोइराला शनिबार डिस्चार्ज

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला शनिबार डिस्चार्ज भएका छन्।

कोरोना भाइरसबाट संक्रमित भएका डा. कोइरालाको ओम अस्पतालमा उपचार गरिएको थियो।

संक्रमित भएपछि होम आइसोलेसनमा रहेका डा. कोइरालालाई ज्वरो आएपछि केही दिनअघि ओम अस्पताल भर्ना गरिएको थियो ।

महामन्त्री कोइरालाले शनिबार सामजिक सन्जालबाट आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आएसँग डिस्चार्ज भएका जानकारी गराएका छन् । उनले चिकित्सकको सल्लाह बमोजिम आफू केही दिन होम आइसोलेसनमा रहेन बताएका छन् ।

काेइरालाले भनेका छन्- ‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु, नेता तथा कार्यकर्ताहरु ,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा. विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय