विराटनगरमा मोबाइल पिसिआर भ्यानबाटै स्वाब संकलन

विराटनगर महानगरपालिकाले कोरोना आशंका गरिएका व्यक्तिको घरमै पुगेर स्वाब संकलन गर्ने भएको छ।

त्यसका लागि मोबाइल पिसिआर भ्यान तयारी गरेको हो। मोटर उत्पादन कम्पनी हुलासले ४ लाख लागतमा संक्रमितको एरियामा पुगेर स्वाब संकलन गर्न मिल्ने मोवाइल भ्यान निर्माण गरेपछि यो सम्भव भएको हो।

यसका लागि महानगर र रोटरी क्लब अफ विराटनगरले संयुक्त लगानी गरेका छन्। विराटनगरमा मेयर भीम पराजुलीले संक्रमित भएर स्वाब दिने ठाउँसम्म पुग्न नसकेका अशक्त, वृद्ध र बालबालिकाका लागि यो भ्यान प्रयोग गरेर स्वाब संकलन गरिन्छ।

‘प्राविधिक जाँचबाट यसले सुरक्षित रूपमा स्वाक लिन सकिने हुँदा यो प्रभावकारी हुनेछ,’ मेयर पराजुलीले भने।

स्थानीय स्रोतसाधनबाट अत्याधुनिक र सुविधासम्पन्न मोबाइल स्वाब भ्यान निर्माण गरी यो सेवा प्रवाह गर्न लागिएको हो। भ्यानमा सेन्सर सेनिटाइजर, भित्रैबाट बाहिर निर्देशन दिन सकिने र वातानुकूलित व्यवस्था मिलाइएको छ।

यसबाट संकलन गरिएको स्वाबको नमुनालाई उचित तपाक्रममा ल्याबसम्म पुुर्याउन समस्या नहुने महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। ‘मोबाइल स्वाब भ्यान आएसँगै सेवा लिन नसक्ने वर्ग लाभान्वित हुनेछ।’ र्काकीले भने, ‘महानगरले सेवा प्रवाहमा कुनै कसर बाँकी राख्ने छैन।’

यो भ्यान निर्माणका क्रममा विराटनगर महानगरका सामुदायिक विकास महाशाखा प्रमुख पुनम दाहाल र डा.प्रज्वल खतिवडाले प्राविधिक पाटोमा सहयोग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय