नारायणी प्रयोगशालामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्जको नारायणी प्रयोगशालामा बाराका ४५ जनासहित थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार राति गरिएको पिसिआर परीक्षणमा बारा, पर्सा र सर्लाही गरि ५२ जनामा कोरोना पोजिटिभ देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिएका छन्।

उनका अनुसार ११ महिला र ४१ जना पुरुष संक्रमण भेखिएको छ। संक्रमण पुष्टि हुनेमा पर्साका ६ जना, बारामा सबैभन्दा बढी ४५ जना र सर्लाहीका एक जना बासिन्दा हुन्। संक्रमित हुनेमा ४ महिना देखि ६८ वर्ष उमेर समूहका रहेका छन्।

पर्साका ६ जनामध्ये बाल सुधार गृहमा रहेका ३ जना संक्रमित भएका छन। थपिएका संक्रमितमध्ये एक जना वडा नम्बर ३ का बासिन्दा हुन् भने एक जना वडा नम्बर १९ का बासिन्दा रहेका छन्। एक जना अन्य ठाउँका रहेका छन।

बाराका ४५ जना संक्रमितमध्ये १० जना महिला र ३५ जना पुरुष रहेका हुन्।

सबैभन्दा बढी बारा सदरमुकाम कलैयाका ३३ जना रहेका छन भने बारागढी गाउँपालिकाका १२ जना कोरोना संक्रमण पुष्टि भएको छ। बारागढी गाउँपालिकाका १२ जनामध्ये इलाका प्रहरी कार्यालय बारागढीमा ८ जना संक्रमित थपिएका छन् भने आठराइ प्रहरी चौकी

बारागढीमा पनि एक जना संक्रमित पुष्टि भएको छ।

सिखी पठराहमा दुई जना र श्रीपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ। यता सर्लाहीको एक जनामा पनि संक्रमण पुष्टि भएको छ। शुक्रबार प्रयोगशालामा कुल १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय