चितवनमा सर्पको टोकाइबाट एक बालकको मृत्यु

चितवनमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १९का रुबी सुनारका दुई बर्षका छोराको उपचारको क्रममा आज(शनिबार) बिहान मृत्यु भएको हो।

शुक्रबार राति साढे ११ बजे घरमा सुतेको समयमा विषालु सर्पले मृतक बालककी आमा रुबीसहित घरका तीन जनालाई डसेको थियो ।

सर्पले डसेपछि बालक र अन्य दुई जनालाई भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ५:५० बजेको समयमा दुई वर्षे बालकको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

यस्तै ५६ वर्षीया केशरी बिकको चितवन मेडिकल कलेज र २६ वर्षकी रुबी सुनारको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। उनीहरूरको अबस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय