भक्तपुरवासीले जनस्वास्थ्य मापदण्ड मानेनन्, एकै दिन ८२ संक्रमित थपिए

भक्तपुरमा मात्रै शुक्रबार थप ८२ जना कोरोना संक्रमण पुष्टि भएको छ।

केहिदिनयता भक्तपुरमा कोरोना संक्रमितको न्युन संख्यामा भेटिएका थिए। तर, शुक्रबार भने सो संख्या ह्वातै बढेको छ।

केहि हप्ता अगाडि भक्तपुरमा एकैदिन ८६ जनामा संक्रमण पुष्टि भएको थियो।

भक्तपुर जनस्वास्थ्य केन्द्रका प्रमुख कृष्णबहादुर मिजार सर्वसाधारणले जनस्वास्थ्य मापदण्ड पालना नगर्नाले संक्रमण संख्या बढेको बताउँछन्।

‘अहिले जताजतै भीडभाड भएको देखिन्छ। मानिसहरू मास्क नलाई हिडेका छन्। कतै सामाजिक दुरी कायम छैन, उनले भने, ‘मानिसहरूमा कोरोना केहि होइन भन्ने भ्रम परिरहेको छ।’

उनका अनुसार स्बाव संकलन गरिसकेका व्यक्तिहरु पिसीआर रिर्पोट नआएसम्म क्वारेन्टाइनमा नबसी बाहिर निस्किएको हुनाले संक्रमण बढेको हो।

जनस्वास्थ्यको मापदण्ड पालना नगरेसम्म संक्रमित संख्या बढिरहने उनले बताए।

हालसम्म भक्तपुरमा १ हजार २ सय ७२ जना कोरोना संक्रमण पुष्टि भइसकेको छ।

जनस्वास्थ्य कार्यलयको तथ्यांक अनुसार ४ सय ७३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

अझै पनि भक्तपुरमा ७ सय ९९ जनासंक्रिय संक्रमित रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय