चितवनमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो

चितवन जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय नाघेको छ । शुक्रबार दिउँसो चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै चितवनमा कोरोना संक्रमितको संख्या १ हजार पाँच सय १४ पुगेको हो।

आज दिउँसो चितवन मेडिकल कलेजमा ६ सय ५३ जनाको कोरोना परीक्षण गर्दा दुई सय ४ जनामा कोरोना पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि हुनेमध्ये चितवनमा १ सय ७८ रहेका छन्। त्यस्तै, अन्य जिल्लाका २६ जना रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ।

हालसम्म जिल्लाको भरतपुर महानगपालिकामा मात्र संक्रमितको संख्या ९सय ९२ जना पुगेको छ। यस्तै जिल्लाका पाँच नगरपालिकामध्ये रत्ननगरमा १८८, राप्तीमा १२३, खैरहनीमा ८८, माडीमा ५५ र कालिकामा ५५ जना पुगेका छन्।

इच्छाकामना गाउँपालिकामा संक्रमितको संख्या १३ रहेको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार, संक्रमितमध्ये ४ सय ९० जना कोरोना संक्रमणमुक्त भएका छन्।  पछिल्लो पटक थपिएका १ सय ७८ बाहेक जिल्लामा रहेका अन्य संक्रमितमध्ये होम आइसोलेसनमा ५सय ८६ र संस्थागत आइसोलेसनमा ४ सय २१ जना रहेका छन्।

संक्रमितमध्ये महिला ६ सय १९ र पुरुष ८ सय ९५ रहेको कार्यालयले जनाएको छ। जिल्लामा १७ संक्रमितको मृत्यु भइसकेको छ । आज मात्र चितवनमा दुई जनाको मृत्यु भएको छ। जिल्लाका अस्पतालहरूमा मृत्यु हुनेको संख्या २९ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय