स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना संक्रमण नियन्त्रण बाहिर गयो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण बाहिर गएको जनाएको छ।

शुक्रबार कोरोना अपटेड मार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणको अवस्था खराब हुँदै गएको बताए।

पछिल्ला दिनमा काठमाडौं उपत्यका तथा सहरी क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएको छ। शुक्रबारमात्रै देशभर २ हजार २० जना संक्रमण पुष्टि भएको छ।

डा. गौतमले काठमाडौंमा भीडभाड, जुलुस, नारा गरेर हिँड्ने संख्या बढिरहेको बताए।

‘मन्त्रालयले भीडभाड, जुलुस, नारा गरी नहिड्नको लागि पटक-पटक आग्रह गर्दै आएको थियो। तर, मानिसले कोरोनालाई लापरवार्ही गरेर भिडभाड गरे। त्यसको परिमाण आजभाेलि देखिँदै छ,’ डा. गौतमले भने।

‘माइतीघर मण्डला, बालुवाटार तिर जुलुस, धर्ना गर्न मानिसलाई मैले पटक-पटक भन्दै आएको थिए। तपाईहरू जुलुस गर्दै हुनुहुन्छ भने आफैलाई खासै समस्या नर्पला तर, घरका वृद्दवद्धा आमाबुबालाई कोरोना सार्न सक्नुहुनेछ। जसका कारणले धेरै मानिसको मृत्यु हुनेछ,’ डा. गौतम भने, ‘जुन कुरा मैले गलत होस भन्ने चाँहेको थिए। तर, सत्य ठहरियो।’

अहिले पनि भीडभाड, जुलुस गर्नेको संख्या बढिरहेकोले यसले भोलि ठूलो क्षति निम्ताउने डा. गौतमले बताए।

त्यसैगरी, मन्त्रालयले ६० वर्ष नाघेका मानिसलाई घरबाट बाहिर ननिस्कन  आग्रह गरेको छ।

‘दीर्धरोगी, मिर्गौलाको समस्या, मधुमेह, फोक्सो समस्या, श्वासप्रश्वासको समस्या, क्यान्सर जस्ता बिरामी केहि दिन घरमा बस्नु होस्,’ डा. गौतमले भने, ‘कोरोना संक्रमण भयो भने तपाईहरूलाई ठुलो समस्या देखिन सक्छ।’

डा. गौतमले घरबाट बाहिर निस्कनुपरेको अवस्थामा जनस्वास्थ्य मापदण्डको अपनाउन आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय