कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, संख्या ३ सय ९० पुग्यो

पछिल्लो विवरण अनुसार नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट ३ सय ९० जनाको मृत्यु भएको छ।

५ वटा जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ।

मोरङमा ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ र नवलपरासीमा ३१ वर्षीय पुरुषको मृत्यु भएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय