काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८ सय ५९ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा ६ सय ९८ , भक्तपुरमा ८२ र ललितपुरमा ७९ जना कोरोना संक्रमण देखिएको छ।

शुक्रबार मात्रै देशभर २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ, आज थपिएको सहित नेपालमा ६१ हजार ५ सय ९३ जना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार देशभर १७३ जना आइसियु र ३६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय