एकैदिन थपिए २ हजार २० जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा देशभर २ हजार २०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज पुष्टि भएको संख्या हालसम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा‌‌. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ६१ हजार ५ सय ९३ पुगेको बताए।

शुक्रबार देशभर १७ हजार ३ सय ८३ संक्रिय संक्रमित र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन्।

गत २४ घन्टामा ८ सय ७१ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ४३ हजार ८ सय २० पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७१.१ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय