आइतबारदेखि तानसेन नगरपालिका र वडा कार्यालय ठप्प, जनप्रतिनिधी र कर्मचारी क्वारेन्टाइनमा

तानसेन नगरपालिका र वडा कार्यालय आइतवारदेखि ठप्प भएको छ । एक वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई कोरोना पुष्टि भएपछि संकलन गरिएको स्वावको रिर्पोट नआउदा नगरपालिकाका कार्यालयहरु बन्द भएका हुन् ।

बिहीबारको कार्यापालिकाको बैठकमा सहभागी एक वडाध्यक्ष र एक कार्यपालिका सदस्यमा कोरोना संक्रमण देखिएपछि बैठकमा सहभागीहरुको कन्ट्याक टे्सिङ गरिएको थियो ।

नगरपालिकाको मेयर अशोक शाही सहित उपप्रमुख, नगरपालिकाका शाखाका कर्मचारीहरु, १२ वटा वडाका वडाध्यक्षहरु, र त्यहाँ कार्यरत कर्मचारीहरु आइतवार स्वावको नमूना दिई होम क्वारेन्टाइनमा छन् ।

तानसेन नगरपालिकाका मेयर अशोक शाहीले स्वावको रिर्पोट नआउँदा नगरपालिका र वडा कार्यालय खोल्न नसकिएको बताए । उनले गत आइतवारदेखि सेवाग्राही मर्कामा परेको र नगरपालिकाको फोहर समेत उठन नसकेको जानकारी दिए । कार्यालय नखोल्ने त एकातिरको कुरा छ मेयर शाहीले भने फोहर नउठदा अर्को महामारी फैलिने हो कि भन्ने डर भयो । नगरपालिकाको २० जना सरसफाईकर्मीको स्वाब लिइएको उनले बताए । ति सरसफाईकर्मी समेम होम क्वारेन्टाइनमा छन् ।

नगरपालिकाले प्रक्रिया पुर्याएर स्वावको नमूना बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको भएपनि परिक्षणमा ढिलाई हुदा समस्या देखिएको हो ।

प्रदेश ५ को प्रोदेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्र गिरीले तानसेन नगरपालिका सहित पाल्पाबाट निकै ठूलो मात्रामा स्वावको नमूना आएको हुँदा परिक्षणमा ढिलाइ भएको बताए । उनले ति स्वावका नमुनाको बिषयमा शुक्रबार बिहान सामाजिक विकास मन्त्रीसँग समेत कुरा भएको र तीन ठाउँमा बाडेर परिक्षण गरिने जानकारी दिए । उनका अनुसार ति नमूनाहरु केही लुम्विनी प्रादेशिक अस्पताल, बुटवल, केही प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा र केही राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाउन लागिएको छ ।

तानसेन नगरपालिका स्वास्थ्य संयोजक झविन्द्र न्यौपाने शुक्रवार २०९ जना, आइतवार १४७ जना र मंगलवार ८६ जना गरी ४४२ जनाको स्वाव नमूना पठाएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय