‘सरकार ६० वर्षका डा. गोविन्द केसीको जीवन रक्षा गर’

सरकारले ५ दिनदेखि सत्याग्रहमा रहेका प्रा.डा गोविन्द केसीको माग प्रति कुनै चाँसो नगरेको प्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ।

संघले शुक्रबार एक विज्ञप्ती निकाल्दै डा. केसीको जीवनको रक्षाको लागि माग समेत गरेको छ।

‘गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति सरकारले कुनै चासो देखाएको छैन। उहाँको मागलाई गम्भिर रूपमा मनन गरी वार्ताबाट जायेज माग सम्बोधन होस्,विज्ञप्ती भनिएको छ,‘डा. केसीको जीवन रक्षा गरियोस्।’

६० बर्ष पुरा गरिसकेका चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा पटक– पटक सत्याग्रह बस्न बाध्य भएको संघले जनाएको छ।

नेपाल सरकारसँग गरेका सम्झौताहरुको कार्यान्वयन भन्दै उनी हाल १९ औं पटकको सत्यग्रहमा होमिएका छन्।

उनी जुम्लास्थित चन्दननाथ नगरपालिका–६ रानीचौर स्थित बाबिरामष्ट मन्दिरमा भाद्र २९ अनसन बस्दै आएका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय