नर्स र मिडवाइफको लाइसेन्स परीक्षा मंसिर १३ गते सञ्चालन हुने

नर्स र मिडवाइफहरुको नाम दर्ता लाइसेन्स परीक्षा आगामी १३ मंसिरमा हुने भएको छ। नेपाल नर्सिङ परिषद्ले एक सूचना सार्वजानिक गर्दै बार्षिक कार्यतालिका अनुसार परीक्षा लिन लागिएको जनाएको छ ।

नर्सिङ लाइसेन्स परीक्षाका लागि पीसीएल नर्सिङ, वा विएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने छ । त्यसैगरी, मिडवाइफका लागि व्याचलर इन मिडवाइफ्रि साइन्स (वीएमएस) उत्तीर्ण भएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

परिक्षामा सहभागी हुनका लागि असोज ४ गते देखि कार्तिक ३ गते सम्म फाराम भरिसक्नुपर्नेछ।

४ कात्तिक देखि १५ कात्तिकसम्म फारम भर्दा दोब्बर दस्तुर तिर्नुपर्ने परिषद्ले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय