वीरगन्जमा २४ जनामा काेराेना संक्रमण पुष्टि

वीरगन्जको नारायणी प्रयोगशालामा पर्साका १४ जनासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार राति गरिएको पिसिआर परीक्षणमा बारा, पर्सा र रौतहटका गरी २४ जनामा कोरोना पुष्टि भएको हो।

पर्सा, बारा र रौतहटको विभिन्न स्थानबाट कुल २ सय ८८ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा ६ महिला र १८ जना पुरुष गरी २४ जनामा कोरोना पोजिटिभ देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए।

पर्साका १४ ,बारामा ६ र रौतहटका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिन एक्स्पर्ट प्रविधिबाट परीक्षण गर्दा दुईजनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

संक्रमित हुनेमा १४ वर्षीदेखि ६६ वर्ष उमेर समूहका रहेका छन्। पर्सामा थपिएका संक्रमितमध्ये कालिकामाई गाउँपालिका वडा १ का ५ जना रहेका छन् भने पर्सागढी नगरपालिकामा पनि ५ जना संक्रमित थपिएका छन्।

वीरगन्ज महानगरपालिकाका ३ जना र सखुवा पर्सौनी गाउँपालिकामा एक जना कोरोना संक्रमण पुष्टि भएको छ।

बाराको जितपूरसिमरा उपमहानगरपालिकामा एक जना, कोल्भी नगरपालिकामा तिन जना र महागढीमाई नगरपालिकामा दुई जनामा संक्रमण फेला परेको छ। रौतहटको गढीमाई नगरपालिकामा दुई जना, मादवनारायण नगरपालिकाका एक जना र इलाका प्रहरी कार्यालय गरुडाका एक जना संक्रमित थपिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय