चितवनमा एकै दिन २ सय ३३ संक्रमित, रत्ननगरका मेयरमा स‌ंक्रमण

चितवनमा एकै दिन २ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा रहेको कोभिड-१९ प्रयोगशालामा हिजो (बिहीबार) गरिएको पिसिआर परिक्षणका क्रममा संक्रमित थपिएका हुन् ।

बिहीबार आएको नतिजा जिल्लामा अहिलेसम्मकै उच्च हो ।

चितवन मेडिकल कलेजमा हिजो गरिएको परीक्षणका क्रममा जिल्लामा थप २ सय २१ जनामा कोरोना पुष्टि भएको छ ।

भरतपुर अस्पतालबाट नमुना पठाइएकोमा १ सय ८४ जना र सोही कलेजमा नमुना संकलन गरिएकोमा नमुनामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको कलेजले जनाएको छ ।

कलेजका अनुसार बिहीबार गरिएको परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो । ६ सय २७ जनाको परीक्षण गरिएकोमा सो संख्यामा कोरोना पुष्टि भएको कलेजले जनाएको छ।

यो सँगै बिहीबार मात्रै जिल्लामा २ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्।

चितवनसहित बिभिन्न जिल्लाबाट आएर नमुना दिएकाहरुमा कोरोना पुष्टि भएको हो। भरतपुर कोभिड १९ प्रयोगशालाले बिहिबार बिहान र साँझ गरेर १२ जनामा संक्रमण पुष्टि गरेको थियो।

रत्ननगरका मेयर संक्रमित

चितवनस्थित रत्ननगरका मेयर नारायण वनलाई काेराेना पुष्टि भएकाे छ।

भदाै २८ गते स्वाब दिएका मेयर वनलाई बिहीवार गरिएकाे परीक्षणमा काेराेना पुष्टि भएकाे हाे ।

मेयर वनले काेराेनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत भदौ २८ मा स्वाब दिएका थिए ।

आफन्तलाई अस्पताल उपचार गर्न लैजाने क्रममा अस्पतालबाटै उनलाई काेराेना संक्रमण भएकाे हुनसक्ने मेयर वनकाे अनुमान छ।

स्वाब दिने बेलामा उनीमा केही लक्षण देखिएकाे भए पनि अहिले उनकाे स्वस्थ्य अवस्था सामान्य रहेकाे छ। उनी घरमै बसिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय