कर्णालीका सात पत्रकारमा कोरोना संक्रमण पुष्टि

कर्णालीमा कार्यरत सात पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, मुख्यमन्त्रीका प्रेस सल्लाहकारसहित कर्णालीका सात पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण देखिने पत्रकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकी, सञ्चारमाध्ययममा कार्यरत पत्रकार टीका विष्ट, सूर्यप्रसाद कँडेल, देवीराम देवकोटा र नरेश भण्डारीलगायत छन् ।

कोरोना संक्रमण देखिएका पत्रकारको स्वास्थ्य अवस्था सामान्य जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय