रामजानकीमा सुविधासम्पन्न ४० बेडको आइसाेलेसन सुरु

जनकपुरधाम-७ भ्रमरपुरा चोकस्थित रामजानकी आधारभूत प्राथमिक विद्यालयमा आइसोलेसन बेड सुरु गरिएको छ।

काेराेना संक्रमणको बढ्दो अवस्था मध्यनजर गरी बिहीबारदेखि ४० बेडको सुविधासम्पन्न आइसोलेसन सुरु गरिएको हाे।

काठमाडौंस्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पताल र सानो पाइलाको संयुक्त सहकार्य एवं वडा नम्बर ७ को सहयोगमा आइसोलेसन निर्माण भएको हो।

कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा आइसोलेसनको अभाव हुन नदिन महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको सहकार्यमा आइसोलसन निर्माण गरिएको सानोपाइलाका राहुल झाले बताए।

आइसोलेसनमा बस्ने संक्रमितको उपचार गर्न चिकित्सकका साथै स्वास्थ्यकर्मीहरूको समेत व्यवस्थापन गरिएको झाले बताए।

राम जानकी प्राथमिक विद्यालयमा बिजुली, पानीलगायतको व्यवस्थापनसहित सुविधा सम्पन्न आइसोलेसन तयार पारिएको उनले बताए।

आइसोलेसनमा बस्ने संक्रमितहरूका लागि २४औं घन्टा विद्युत, खानेपानी र शौचालयको उचित व्यवस्थापनका साथै इन्टरनेट चलाउन वाइफाइसमेत जडान गरिएको झाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय