देशभर थप १२४६ जनामा कोरोना, संक्रमित संख्या ५९ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा देशभर १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ५९ हजार ५ सय ७३ पुगेको बताए।

बिहिबार देशभर १६ हजार २ सय ४१ संक्रिय संक्रमित र होम आइसोलेसनमा ८ हजार ३ सय ३८ जना रहेका छन्।

डा. गौतमका अनुसार आज ७ हजार ८ सय ८३ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ हजार २सय ४६ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ४२ हजार ९ सय ४९ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७२ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय