सरकारले स्वास्थ्यकर्मीलाई सुरक्षा दिनसके मात्र बिरामी सुरक्षित हुन्छन् : चिकित्सक संघ

नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको सुरक्षा प्रदान गर्नको लागि सरकार समक्ष अनुरोध गरेको छ।

बिहिबार एक विज्ञप्ती जारी गर्दै संघले स्वास्थ्यकर्मीहरुको सुरक्षा र सुरक्षित काम गर्ने वातावरणले नै विरामीको सुरक्षा हुने सक्ने जनाएको छ।

त्यसैगरी, स्वास्थ्यकर्मी सुरक्षित रहेमात्र बिरामी माथि हुने हानीलाई कम गर्न सकिने बताएको छ।

‘स्वास्थ्यकर्मीहरुलाई संधै तनाव हुन्छ । त्यसमाथि कोरोनाको महामारीले झनै तनाव र जोखिम थपिदिएको छ, विज्ञप्तीमा भनिएको छ,‘यस्तो समयमा स्वास्थ्यकर्मी सुरक्षित रहेमात्र बिरामीको सुरक्षा हुन सक्छ।’

त्यस्तै एनएमएले स्वास्थ्यकर्मीहरुमाथि हिंसा र आक्रमण गर्नेहरुमाथि बिना पूर्जी पक्राउ गर्न पनि आग्रह गरेका छन्।

विश्व स्वास्थ्य संगठनको आग्रहमा नेपालमा पनि विश्व बिरामी सुरक्षा दिवस मनाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय