कांग्रेस सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा

कोरोना पुष्टि भएर अस्पतालको आइसोलेनमा बसेका कांग्रेस महामन्त्री डा. शशांक कोइरालापछि अब सभापति शेरबहादुर देउवा पनि होम आइसोलेसनमा बसेका छन्। सभापति देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

घरमा काम गर्ने एक जना सहयोगीमा कोरोना पोजेटिभ देखिएपछि देउवा पनि होम आइसोलेसनमा बसेको देउवाको निजी सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार देउवा ५ दिन होम आइसोलेसनमा बस्ने र कोरोना भाइरस संक्रमण भए÷नभएको परीक्षण गराउन स्वाब संकलन गरिनेछ।

सभापति देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल स्थगित हुने भएको छ।

बुधबार सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा बिहीबारका लागि प्रमुख प्रतिपक्षी विपक्षी दलका नेता देउवासँगको भेट तय गरेको थियो।

यस अघिका छलफलमा भागबण्डा नमिल्दा संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन्।

कांग्रेसका तर्फबाट सभापति देउवा र केन्द्रीय सदस्य रमेश लेखक र प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाड यस अगाडि पनि संवैधानिक निकायको नियुक्ति विषयको छलफलमा सहभागी हुँदै आएका थिए।

नेकपाले गत साउन ३० मा पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न समस्या समाधान सुझाव कार्यदल गठन गर्नु अगाडी पनि यस विषयमा कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री ओलीले छलफल गर्दै आएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय