ओमकाे आइसोलेसनबाट कांग्रेस महामन्त्रीले भने, ‘चिन्ता  नलिनुस् मेराे स्वास्थ्य अवस्था सामान्य छ’

काठमाडौंः कोरोना संक्रमण पोजेटिभ पुष्टि भएर ओम अस्पतालको आइसोलेसनमा रहेका कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

आइसोलेसनबाटै सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेकाले चिन्ता नलिन आग्रह गरेका छन्।

उनले आफू ओम अस्पतालको आइसोलेसनमा रहेको र केही दिनमै ठिक भएर डिस्चार्ज हुने पनि जानकारी दिएका छन्। उनले भिडियोमा भनेका छन्, ‘म कोभिड–१९ बाट प्रभावित भएको व्यक्ति अहिले ओम अस्पतालको आइसोलेसनमा छु।’

उनले केही दिनमै स्वास्थ्य अवस्था सामान्य भइ डिस्चार्ज हुने भएकाले शुभचिन्तकलाई चिन्ता नलिन आग्रह पनि गरेका छन्। उनले भनेका छन्। ‘तपाईहरुले चिन्ता गर्नुपर्दैन, दुई तीन दिनमै म डिस्चार्ज हुन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय