तानसेनकाे वृद्धाश्रममा ५२ वर्षीय कोरोना काेराेना संक्रमितको मृत्यु

तानसेनमा आइसोलेसनमा उपचाररत ५२ वर्षीय कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ।

उनी तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको वृद्धाश्रममा उपचाररत थिए।

तानसेन नगरपालिका–७ का बिरामीलाई केही दिनअघि मिसन अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए।

उनमा शंकास्पद लक्षण देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि पठाउदा चार दिनअघि उनमा कोरोना पुष्टि भएको थियो।

कलेजोको समेत बिरामी भएका उनलाई कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवलका विभिन्न अस्पतालका साथै भैरहवासम्म एम्बुलेन्समार्फत लगिएको मिसन अस्पतालले जनाएको छ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको सामुदायिक मुटु अस्पताल र भैरहवाको भीम अस्पतालले भर्ना नलिएपछि मंगलबार उनलाई पुनः तानसेनकै वृद्धाश्रम ल्याएर उपचार गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय