पेटको क्यान्सरबाट वीपी प्रतिष्ठानमा कार्यरत डा. राजेन्द्र गुरुङको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डा. राजेन्द्र गुरुङको मृत्यु भएको छ।

डा. गुरुङ धेरै लामो समयदेखि पेटको क्यान्सर सँग जुधिरहेका थिए।

बुधबार डा. गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका डाक्टर विपेश आचार्यले बताए।

प्रतिष्ठानमा माइक्रोबायोलोजी विभागमा कार्यरत ४५ वर्षको उमेर निधन भएको हो।

प्रतिष्ठानको चिकित्सा तथा दन्त –चिकित्सा शिक्षण कल्याण समाजले विज्ञप्ति निकालेर आफ्ना सदस्य गुरुङको निधनले मर्माहत बनाएको जनाएको छ।

साथै समाजले शोकाकूल सबैमा हार्दिक समवेदना व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय