पर्सामा २ सय ९० को परीक्षण गर्दा १९ जना संक्रमित

वीरगन्जमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा बुधबार राति गरिएको पिसिआर परिक्षणमा १९ जनामा कोरोना देखिएको भएको छ।

थपिएका संक्रमितमा १५ वर्षीदेखि ६१ वर्ष उमेर समूहका रहेका छन् । प्रयोशालामा कुल २ सय ९० जनाको स्वाब पिसिआर परिक्षणमा १७ जना पर्सासहित बारा र रौतहट गरी १९ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले बताए ।

संक्रमित हुनेमा ५ जना महिला र १४ जना पुरूष रहेका छन्। थपिएका १९ मध्ये १७ जना पर्सा जिल्लाका बासिन्दा हुन् भने एक जना बारा र रौतहटका एक जना बासिन्द रहेका छन ।

पर्सामा थपिएका संक्रमितमध्ये अधिकतम वीरगन्ज महानगरपालिकाका वासिन्दा छन् । वीरगञ्ज वडा नं.१० र १६ का ३÷३ जना थपिएको छ भने वडा २ का २ जना र वडा ३ , १३ का एक-एक जना रहेका छन ।

पर्साको पोखरिया नगरपालिकामा दुई जना पुष्टि भएको छ भने जिल्लाको जिराभावानी गाउँपालिका, बहुदरमाई नगरपालिका, पर्सागढ़ी नगरपालिका, सखुवापर्सौनी गाउँपालिका, बिन्दवासिनी गाउँपालिकामा एक-एक जना संक्रमित थपिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय