त्रिवि शिक्षण अस्पतालमा मात्रै १५० जना स्वास्थ्यकर्मी संक्रमित

त्रिभुवन  विश्वविद्यालय शिक्षण अस्पतालमा मात्रै १ सय ५० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले हालसम्म १ सय ५० जना स्वास्थ्यकर्मीमा संक्रमण भएको बताए।

उनका अनुसार १८ जना चिकित्सक सहित नर्स र स्वास्थ्यकर्मी गरी १ सय ५० जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ।

हाल संक्रमित स्वास्थ्यकर्मी २२ जना मात्र रहेका छन्। संक्रमित स्वास्थ्यकर्मी केहि अस्पताल मा र केहि होम आइसोलेसनमा रहेको डा. दासले बताए।

पछिल्लो समय कोरोना उपचारमा फन्टलाइनरमा खटिएका स्वास्थ्यकर्मी संक्रमण हुने दर बढिरहेको छ।

स्वास्थ्य मन्त्रालयका तथ्यांक अनुसार हालसम्म ७ सय भन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छ।

अहिले अस्पतालमा ९७ जना उपचारत रहेको डा. दासले बताए। जसमध्ये १० जना आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

One thought on “त्रिवि शिक्षण अस्पतालमा मात्रै १५० जना स्वास्थ्यकर्मी संक्रमित

  1. Worldometer को data analysis अनुसार 3 महीना मा कोरोना 50% भन्दा बढी ले कम्जोर भैसकेको छ। जुन 16 मा world को case fetality rate ( CFR )=7.2% थियोे ,september 16 मा world को CFR =3.1% मा झरेको छ। एबम रित्ले अर्को 3 महिना पछि CFR=1.5% हुन्छ , फेरि अर्को 3 महिना पछि ( अर्थात अबको 6 महिना पछि ) CFR= 0.75 हुनेछ । CFR 1% भन्दा कम हुनु भनेको कोरोना रुघाखोकी हुनु हो। अर्थात नेपालको हकमा कोरोना रुघाखोकी नै हो नेपाल को CFR 1% भन्दा कम्नै छ।अर्थात् पिसिआर अनावश्यक तेस्त गर्नु भनेको समाजमा डर त्रास मात्र फैलाइ आर्थिक रूपमा समाप्त हुनु हो। लछन लगेमा गर्न सकिन्छ , आइसोलेसन्मा बस्ने doxycycline 100 mg दिन्को 2 पतक 10 दिन सम्म खाने जमात 100 रुपैया पर्छ । कोरोना र walking pneumonia को लछ्न र उपचार एउतै हुन्छ ।त्येसैले doxycycline बिस्वको सक्तिसाली र सस्तो औसधि हो येस्ले कुनै पनि माहामारी ( भुत , बर्तमान र भबिस्य ) को उपचार गर्न सछ्म छ। र एस्ले कोरोना र mycoplasma pneumoniae लाई एकै पटक मार्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय