त्रिवि शिक्षण अस्पतालका आइसियु प्रमुख डा. सुवास प्रसाद आचार्यलाई कोरोना संक्रमण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आइसियु प्रमुख प्रा.डा. सुवास प्रसाद आचार्यलाई कोरोना संक्रमण भएको छ।

अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले आचार्यलाई संक्रमण भएको पुष्टि गरे।

दासका अनुसार डा. आचार्यलाई घर परिवारकाे सदस्यबाट  संक्रमण सरेको हो।

‘उहाँको घर परिवारका सदस्यमा ठुलो संख्यामा संक्रमण पुष्टि पाइएको छ। बुबा–आमा तथा भाईहरूको परिवारमा संक्रमण देखिएको छ डा. दासले भने,‘आमालाई अस्पतालबाट उपचारका लागि ल्याउँदा–लैजाँदा संक्रमण फैलिएको अनुमान गरिएको छ।’

घर परिवार कै सदस्यबाट संक्रमण सरेको हुनसक्ने अनुमान दासले लगाए।

डा. आचार्य आमा–बुबा तथा भाईहरूबाट छुट्टै बस्दै आएका छन्। तर, आचार्यको श्रीमती तथा छोरा–छोरीमा कुनै संक्रमण देखिएको छैन। डा. दासका अनुसार आचार्य हाल होम आइसोलेसनमा रहेका छन्।

‘अहिले उहाँ होम आइसोलेसनमा बस्दै आउनु भएको छ। स्वास्थ्य अवस्था समान्य नै रहेको छ, डा. दासले भने,‘ केहि दिनभित्र नै काममा फर्किनु हुनेछ।’

हालसम्म अस्पतालमा १८ जना चिकित्सकमा संक्रमण देखिसकेको छ। अस्पतालका अनुसार १५० जना भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन्।   अहिले अस्पतालमा ९७ जना उपचारत रहेको डा. दासले बताए। जसमध्ये १० जना आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

One thought on “त्रिवि शिक्षण अस्पतालका आइसियु प्रमुख डा. सुवास प्रसाद आचार्यलाई कोरोना संक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय