काठमाडौं उपत्यकामा एकैदिन थपिए ७३७ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमित भेटिएका छन्।

बुधबार थपिएका सँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित १३ हजार ६ सय ६१ पुगेको छ।

काठमाडौंमा मात्रै ११ हजार २ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, ललितपुरमा १ हजार २ सय ८६ र भक्तपुरमा १ हजार १ सय ४० संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

आजमात्रै देशभर १ हजार ५ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै संक्रमित संख्या ५८ हजार ३ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय