१ सय ९९ जना कोरोना संक्रमित आइसियुमा उपचाररत

बुधबार देशभर कोरोना १ सय ९९ जना कोरोना संक्रमितको विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २६ जना भेन्टिलेटरमा र १ सय ७३ जना आइसियुमा उपचारत रहेका छन्।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै आइसियु तथा भेन्टिलेटरमा उपचार गर्ने संख्याको पनि बढेको छ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२३ जना आइसियु र २५ जना भेन्टिलेटर रहेका छन्। त्यसैगरी, प्रदेश ५ मा २२ जना आइसियु, प्रदेश १ मा ४ जना आइसियु, सुदुरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत रहेको प्रवक्ता डा. गौतमले बताए।

त्यस्तै प्रदेश २ मा ९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा ९ आइसियुमा उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय