एकैदिन १ हजार ५३९ जना थपिए कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा देशभर १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ५८ हजार ३ सय २७ पुगेको बताए।

बुधबार देशभर १६ हजार २ सय ४२ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार ७ सय ०१ जना रहेका छन्।

डा. गौतमका अनुसार आज ७ हजार ८ सय २० जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ हजार ६८ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ४१ हजार ७ सय ०६ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७१.५ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय