डा. सुरेश तिवारी र चन्द्र थापा स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनीत

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ ३१ गते १४:५८

स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा मनोनीत भएका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उनीहरूलाई सदस्यमा मनोनयन गरेका हुन्।

डा. तिवारीलाई विज्ञ र थापालाई बिमितका तर्फबाट मनोनयन गरिएको बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले जानकारी दिए।

उनीहरूको कार्यकाल ४ वर्षकाे हुनेछ। साथै दुवै सदस्यले मन्त्री ढकालको उपस्थितिमा बोर्डका अध्यक्षबाट शपथ समेत लिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय