विश्वका सवा २ करोड संक्रमितले जिते काेराेना

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा २ करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरसबाट स‌ंक्रमित भएका छन्।

विश्वमा २ करोड १५ लाख ४२ हजार ४७७ संक्रमित व्यक्ति कोरोनामुक्त भइसकेका छन्। सङ्क्रमणबाट विश्वभर ९ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको छ।

हाल विश्वमा ७२ लाख ४५ हजार ७२६ व्यक्ति कोरोना स‌ंक्रमित रहेकाे र उनीहरूको उपचार भइरहेको संगठनले जनाएकाे छ।

स‌ंक्रमितमध्ये ६० हजार ९१५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ।  अमेरिकामा ६७ लाख ७८ हजार १४७ जना काेराेना स‌ंक्रमित रहेका छन्। ४० लाख ६८ हजार ८६ जना निकाे भएका छन् भने २ लाख १९७ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

भारतमा ५० लाख २० हजार ३५९ जना कोरोना स‌ंक्रमित छन्। यहाँ ३९ लाख ४२ हजार ३६० जना निकाे भएका छन् भने ८२ हजार ९१ जनाको मृत्यु भएको छ।

ब्राजिलमा ४३ लाख ८४ हजार २९९ जना स‌ंक्रमित छन्। ३६ लाख ७१ हजार १२८ भाइरसमुक्त भएका छन् भने १ लाख ३३ हजार २०७ जनाको मृत्यु भएको छ।

रुसमा १० लाख ७३ हजार ८४९ जना स‌ंक्रमित रहेकामा ८ लाख ८४ हजार ३०५ कोरोना भाइरसमुक्त भएका छन्। १८ हजार ७५० जनाको मृत्यु भएको छ।

पेरुमा ७ लाख ३८ हजार २० जनामा स‌ंक्रमित रहँदा ५ लाख ८० हजार ७५३ जना निकाे भए भने ३० हजार ९२७ जनाको मृत्यु भएको छ।

कोलम्बिया ७ लाख २८ हजार ५९० जनामा सङ्क्रमित हुँदा ६ लाख ७ हजार ९७८ निकाे भएका छन् भने २३ हजार २८८ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा ६ लाख ७६ हजार ४८७ जना स‌ंक्रमित हुँदा ४ लाख ८१ हजार ६८ निकाे भएका छन् भने ७१ हजार ६७८ जनाको मृत्यु भएको छ।

दक्षिण अफ्रिकामा ६ लाख ५१ हजार ५२१ जनामा स‌ंक्रमित हुँदा ५ लाख ८३ हजार १२६ निकाे भएर घर फर्केका छन् भने १५ हजार ६४१ जनाको मृत्यु भएको छ। स्पेनमा ६ लाख ३ हजार १६७ जना स‌ंक्रमित भए भने ३० हजार ४ जनाको मृत्यु भएको छ।

अर्जेन्टिना ५ लाख ७७ हजार ३३८ जना स‌ंक्रमित हुँदा ४ लाख ३८ हजार ८८३ निकाे भए भने ११ हजार ८५२ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय