४ कम्पनीको ह्याण्ड स्यानिटाइजर विषाक्त रसायन भेटियो, बिक्री वितरणमा रोक

औषधी व्यवस्था विभागले थप ४ कम्पनीको ह्याण्ड स्यानिटाइजरमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ।

विभागले बजारमा बिक्री वितरण भएको ह्याण्ड स्यानिटाइजरहरूको नमुना संकलन गर्दा विषाक्त रसायन मिथानोल भेटिएको थियो।

न्युन गुणस्तरयुक्तको ह्याण्ड स्यानिटाइजरले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने हुँदा विभागले बिक्री–वितरण प्रतिबन्ध लगाएको हो।

चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, आरएल कर्प इण्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, सम्पदा हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौंको युनिकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको हो।

मापदण्डविपरीत विषाक्त रसायन मिथानोल समावेश भएको पाइएको सर्वसाधारणले प्रयोग नगर्न नराउन र त्यस्ता स्यानिटाइजरहरूको उत्पादन तथा बिक्रीवितरण अबिलम्ब रोक्न पनि विभागले सरोकारवाला सूचित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय