पर्सामा थप ५ जना संक्रमित, जिन एक्स्पर्ट प्रविधिबाट परीक्षण

वीरगन्ज – पर्सामा थप ५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
बीरगन्जस्थित नारायणी अस्पतालमा मंगलबार गरिएको पिसिआर परिक्षणमा मात्र ५ जनामा संक्रमणको पुष्टि भएको छ भने जिन एक्स्पर्ट प्रविधिबाट परीक्षणमा एक जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत विनय कुमार श्रीवास्तवले बताए।
उनकाे अनुसार पर्साका ४ पुरुष र १ जना महिला गरी जम्मा ५ जनामा मात्र संक्रमण पुष्टि भएको हाे। नारायणी अस्पतालमा जिन एक्स्पर्ट प्रविधिबाट २ जनाकाे परीक्षणमा एक जना राैतहटका बासिन्दामा पाेजेटिभ देखिएकाे छ । प्रदेश २ का विभिन्न जिल्लाबाट कुल २०८ जनाकाे स्वाब सकलन गरि नारायणीको प्रयोगशालामा मंगलबार राति पिसिआर परीक्षण गरिएको थियो।
जनामध्ये पर्साका १५२ जनाको स्वाब पिसिआर परीक्षण गरेकाेमा मात्र ५ जनामा काेराेना संक्रमणको पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का एक जना ,पर्सागढी नगरपालिकाका एक जना र नारायणी अस्पतालका एक जना रहेका हुन भने दुई जना बहुदरमाई नगरपालिकामा भेटिएको छ।
नारायणीको प्रयोगशालामा मंगलबार २०८ जनाको स्वाब पिसिआर परीक्षण गरिएको थियो भने दुई जनाकाे जिन एक्स्पर्ट प्रविधिबाट परीक्षण भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय