बिपी प्रतिष्ठान धरानमा सप्तरीका एक स‌ंक्रमितकाे मृत्यु

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका-३  का ३५ वर्षीय पुरुष रहेका छन्।

अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार भदौ २८ गते ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो।

ती व्यक्ति मिर्गौला पीडित थिए।

मंगलबार बिहान १०:४६ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका ती व्यक्तिको आज बिहान ६:१० बजे मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय