कांग्रेस महामन्त्री कोइराला ओम अस्पताल भर्ना

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला थप उपचारका लागि ओम अस्पताल भर्ना भएका छन्।

एक साताअघि कोरोना संक्रमण पुष्टि भएर हाेम आइसाेलेसनमा रहेका महामन्त्री कोइरालामा ज्वरो आएपछि थप उपचारका लागि ओम अस्पतालमा लगिएकाे थियाे।

महामन्त्री कोइराला ओम अस्पतालका डा. विश्वनाथ कोइरालालगायतको चिकित्सकीय टोलीको निगरानीमा  आइसियुमा उपचाररत छन्।

कोइरालाको स्वास्थ्य अवस्था भने जटिल नरहेको अस्पताल स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय