भारतद्वारा नेपाललाई २ हजार भाइल रेमडेसिभिर सहयोग

जनकपुरधाम -भारत सरकारले नेपाललाई कोेभिड–१९ विरुद्ध लड्न रेमडेसिभिर औषधि उपहार प्रदान गरेको छ ।
भारतले कोरोना उपचारमा प्रभावकारी भनिएको रेमडेसिभिर नामक दुई हजार भाइल नेपाललाई उपहारस्वरुप प्रदान गरेको हो।
भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई एक कार्यक्रमका बीच रेमडेसिभिर औषधी हस्तान्तरण गरेका हुन्।
अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभरलाई प्रभावकारी औषधिको रुपमा देखिएको छ। चिकित्सा अध्ययनका अनुसार यसको प्रयोगले बिरामीहरुको अस्पताल बसाइ अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सहयोग गर्ने दूतावासले जनाएको छ।
निकटतम मित्र तथा छिमेकीको हैसियतले यस महामारीविरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको दूतावासले विज्ञप्ति निकालेर जनाएको छ।
यसअघि प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन, कोरोना टेस्ट किट, आइसीयू भेन्टिलेटरजस्ता स्वास्थ्य सामग्रीहरु भारत सरकारको तर्फबाट सहयोग गरिएको दूतावासले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय